दफा ५६
जासूसी गर्न नहुने

(१) कसैले नेपालको सार्वभौमसत्ता, सुरक्षा वा भौगोलिक वा प्रादेशिक अखण्डतामा खलल पार्ने वा नेपालको हितमा कुनैप्रतिकूल असर पार्ने नियतले वा त्यस्तो हुन सक्छ भन्ने जानीजानी वा कुनै विदेशी राज्य वा अन्तरराष्ट्रियसंघ, संस्थाको प्रलोभनमा परी कसैलाई नेपालको सैनिक स्थिति, सामरिक व्यवस्था वा आन्तरिक सुरक्षाको विषय वानेपाल सरकारले राजनीतिक, आर्थिक वा कूटनीतिक दृष्टिकोणले गोप्य राख्न पर्ने विषय वा गोप्य लिखत वा कानूनबमोजिम गोप्य रहेको वा राख्नु पर्ने विषयको सूचना दिन वा त्यसको षड्यन्त्र वा उद्योग गर्न वा दुरुत्साहन दिनवा त्यस्तो सूचना दिने नियतले अन्य कुनै काम गर्न हुँदैन र गरेमा जासूसी गरेको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम जासूसी गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः–
(क) नेपालको सैनिक स्थिति, सामरिक व्यवस्था वा आन्तरिक सुरक्षाको विषयका सम्बन्धमा जासूसी गर्ने वागराउने व्यक्तिलाई पच्चीस वर्षसम्म कैद,
(ख) नेपाल सरकारले राजनीतिक, आर्थिक वा कूटनीतिक दृष्टिकोणले गोप्य राख्नु पर्ने विषय वा अन्य कुनैगोप्य लिखतका सम्बन्धमा जासूसी गर्ने वा गराउने व्यक्तिलाई पाँचदेखि दश वर्षसम्म कैद,
(ग) खण्ड (क) र (ख) बाहेक अन्य कुराको जासूसी गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्मजरिबाना,
(घ) कसैले जासूसी गर्न लागेको थाहा पाएर पनि नेपाल सरकारलाई त्यस्तो कुराको जनाउ नदिने व्यक्तिलाई एकवर्षसम्म कैद र एक लाखरुपैयाँँसम्म जरिबाना ।